मध्य पहाडी राजमार्गमा पहिरैपहिरो, सवारी सञ्चालनमा समस्या

बुद्ध नेपाली, सिन्धुली । दुई/तीन दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध छ । शुक्रबार उदयपुरको घुर्मीदेखि सिन्धुलीको खर्कोटसम्म धेरै ठाउँमा खसेको पहिरो पन्छाउन समय लागेकाले राजमार्ग अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । वर्षाका कारण खसेको पहिरो शुक्रबार बिहानैदेखि पन्छाउन थालिएको भए पनि अझै पन्छाइनसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ […]