नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरपालिकामा एमालेले अग्रता लिएको छ । मेचीनगरको वडा नम्बर १ को २२८ मत गणना गर्दा नेकपा एमालेका उमेदवार गोपाल बुढाथोकीले ९७ मतका साथ अग्रता लिएका छन् । उनलाई काँग्रेसका इन्द्र बुढाथोकीले ८८ मतका साथ पछ्याइरहेका छन् । उपप्रमुखमा पनि एमालेकै अग्रता छ । एमालेबाट उपमेयरकी उमेदवार मीना उप्रेतीले १०० मत प्राप्त गरेकी छन् भने नेकपा माओवादीका प्रकाश भण्डारीले ४८ मत प्राप्त गरेका छन् । मेचीनगरमा काँग्रेस र माओवादी केन्द्रको तालमेल रहेको