बराहक्षेत्र नगरपालिकाले सप्तकोशी क्याम्पसलाई बस दिने

बराहक्षेत्र नगरपालिकाले सप्तकोशी बहुमुखी क्याम्पसलाई कलेज बस उपलब्ध गराउने भएको छ।

सम्बन्धित सामग्री

सप्तकोशीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा

चतरा : अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोशी नदीको बाँध फुटेको छ। बुधवार बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको हो। नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका- २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका-६ डुबानमा परेका छन्।नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।सोमबार बेलका नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिए

सप्तकोशी नदीको पानीबोट प्रयोगबिहिन

भदौ १६, सुनसरी । पर्यटन प्रवर्द्धन गर्न सप्तकोशीमा पानीबोट सञ्चालनका लागि प्रदेश नं १ सरकारले १३ लाख रुपैयाँको लगानीमा बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ९ लाई पानीबोट दिएको थियो ।  सप्तकोशीमा पानीबोट सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिए पनि अहिले बोट कोशी नदिमा डुब्दै गएको छ । प्रदेश सरकारको अनुदानमा दिइएको उक्त बोट बराहक्षेत्रले दुरुपयोग गरेको छ ।  बराहक्षेत्रले न त पानीबोटको सदुपयोग गर्न सक्यो, न त कुनै लाभ लिन सकेको छ । कोशी डुब्दै गए पनि स्थानीय सरकारले नदेखे झै गरिरहेको छ । पानीबोट अनुदानमा पाएको २ वर्ष बितिसक्यो तर अहिलेसम्म सञ्चालन हुन सकेको छैन । स्थानीय सरकारले संरक्षण गर्न नसक्दा मेशिन सहित बोट नै नदीमा डुब्न थालेको छ ।  पानीबोट हस्तान्तरणसँगै सञ्चालनको कार्यविधि बनाएर उपयोग गर्ने भनिएको थियो तर अहिलेसम्म बराहक्षेत्र नगरपालिकाले कार्यविधि बनाउन सकेको छैन । जसका कारण सञ्चालमा आउन नसकेको वडा नं ९ का अध्यक्ष दिपक लिम्बु बताउँछन् ।  लिम्बुका अनुसार पानीबोट कसरी सञ्चालन गर्ने, प्रकृया, सेवा शुल्क, चालकको नियुक्ती नहुँदा सञ्चालनमा आउन नसकेको हो । नगरपालिकालाई पटक पटक जनाकारी र ध्यानआकर्षण गरिरहेको उनले बताए । चाडै नीति नियम र सञ्चालन कार्यविधि बनाएर समितिको मातहमा रहेर सञ्चालमा हुने वडाध्यक्ष लिम्बूले बताए ।  नेपालमै बनेको माउन्ट मकालु नाम गरेको पानीबोटमा ८ जनाको सिट क्षमता रहेको छ । पानीबोट नदीमा डुब्दै गएको छ तर स्थानीय भने अझै पनि कोशीमा असुरक्षित रुपमा डुंगाको माध्यमबाट यात्रा गर्न बाध्य छन् ।  बराहक्षेत्र नगरपालिकामा रहेको नेपालकै सबैभन्दा ठूलो नदि सप्तकोशीमा यात्रुहरु असुरक्षित भएर यात्रा गर्नु उनीहरुको बाध्यता नै छ । हाल बराहक्षेत्र ६ को शिशौली तारघाट र वडा नं ९ को राजाबास तारघाटबाट दैनिक रुपमा सयौ मानिसरु असुरक्षित यात्रा गर्ने गर्छन् । डुंगामा बाहेक अन्य साधनबाट यात्रा गर्नु स्थानीयको विकल्प पनि छैन । बराहक्षेत्र नगरपालिका भित्र पर्ने श्रीलंका टापुका स्थानीयहरु प्रकासपुर, चक्रघट्टि आईपुग्न डुंगा नै प्रयोग गर्नुपर्छ । उनीहरुको विकल्पमा उदयपुरबाट घुमेर कोशी पुल हुँदै आउनु पर्छ जुन खर्चिलो छ ।  टापुका स्थानीय शम्भु चन्द्रवंसीका अनुसार बजार तथा प्रशासनिक कार्यका लागि डुंगानै चढेर चक्रघट्टि प्रकाशपुर आउनु पर्ने बाध्यता छ । नगरपालिकाको केन्द्र, बजार आउने माध्यमको रुपमा रहेको डुंगा बाहेक अन्य विकल्प नभएको स्थानीय रुपचन्द्र चन्द्रवशीले बताए । उनले भने, ‘चक्रघटी, राजावास हाम्रो बजार हो, यहा उत्पादन भएका सामग्री बजारमा सम्म पु¥याएर विक्री गर्न समस्या छ, बिचमा कोशी छ, कोशी तर्न डुंगाको विकल्प छैन जोखिमपूर्ण छ ।’  २०७६ भदौ २१ गते प्रदेश सरकारका तत्कालीन वन, वातावरण, पर्यटन तथा उद्योगमन्त्री जगदिश प्रसाद कुशियतले औपचारिक रुपमा उक्त बोटको उद्घाटन गरेका थिए । मन्त्रीको उपस्थितिमा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिको सहभागितामा वडा नं ९ को कार्यालयलाइ पानीबोट नगरसँग समन्वय गरी कार्यविधि बनाएर सञ्चालन गर्ने सर्तमा हस्तान्तरण गरिएको थियो ।