अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलीखेल, काभ्रेपलाञ्चोकका तत्कालीन योजना प्रमुख विजय चापागाईसमेत पाँचजनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।
आयोगले चापागाई, तत्कालीन इन्जिनियर दिपककुमार खड्का, तत्कालीन सव–इन्जिनियर गजेन्द्रप्रसाद राउत र खिम्ती निर्माण सेवा प्रा.लि. काठमाडौंका प्रबन्ध निर्देशक रविसिंह महादेवलाई समान ६८ लाख ९३ हजार ७७८ रूपैयाँ ५ पैसा बिगो कायम गरेर मुद्दा दायर गरिएको हो । त्यस्तै तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाललाई भने २१ लाख ४९ हजार ८१८ रूपैयाँ बि...