धोबिखोला किनारका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

६ पुस,काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्र देवीनगरमा अतिक्रमित संरचना हटाउन थालेको छ । काठमाडौं महानगर प्रहरीका अनुसार देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन लागेको हो । महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ […]