नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा एमालेमा चरम रुपमा व्यक्तिवाद हावी मात्र नभई व्यक्तिवादले चरम सीमा नाघेर गएको बताएका छन् । काठमाडौंँमा सुरु भएको पार्टीको चौथो केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले त्यो व्यक्तिवादले शक्ति आर्जन गरेपछि अहंकारी प्रवृत्ति बोकेको बताए । उनले भने– ‘त्यो अहंकारी प्रवृत्ति पछि गएर निरङ्कुश बन्न पुग्यो । निरङ्कुश प्रवृत्ति देखापर्न थालिसकेपछि पार्टीमा गहिरो संकट देखापर्यो । आफ्नो स्वार्थका ल