‘कच्चा तेल आयातमा १% मात्र भन्सार लगाऊ’

विराटनगर । आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत निकासीमा ४७ प्रतिशत अंश ओगटेको वनस्पति घिउ र तेल उद्योगको कच्चा पदार्थमा १० प्रतिशत भन्सार लगाउने प्रावधान ल्याइएपछि देशभरका उद्योग सञ्चालकले उक्त प्रस्ताव फिर्ता लिन माग गरेका छन् । २६ ओटा उद्योगका सञ्चालकहरूले ती वस्तुमा साविककै व्यवस्था हुनुपर्ने माग गरेका छन् । सरकारले माग कार्यान्वयन नगरे अप्रशोधित तेलमा १० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क गरी २५ प्रतिशत राजस्व सरकारलाई बुझाउँदा तयारी घिउ, तेलले भारतीय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने र उद्योग बन्द गर्नुपर्ने अवस्था आउने नेपाल वनस्पति घिउ तेल उत्पादक संघका सदस्य विपिन काबराले बताए । उनका अनुसार भारतले पाम आयललगायतको कच्चा पदार्थ आयातमा शून्य भन्सार दर कायम गरेको छ भने ५ प्रतिशत मात्र जीएसटी लगाएको छ । सरकारले आव २०७९/८० मा सोयाबिन, तोरी, सूर्यमुखी, भटमास, पाम तेललगायतको कच्चा पदार्थमा १ प्रतिशत भन्सार लगाएको थियो । तोरीको दानामा लाग्ने ५ प्रतिशत भन्सारमा ९० प्रतिशत छूट दिएको थियो । सरकारले २६ उद्योगको लगानी र १५ हजारको रोजगारी जोगाउन तत्कालै बजेटमा संशोधन गर्नुपर्ने संघका अध्यक्ष सन्दीपकुमार अग्रवालले बताए ।  स्वदेशी उद्योगले अप्रशोधित तेल आयात गरी प्रशोधन गरेर तयारी तेल भारत निकासी गर्दै आएका छन् । नेपालबाट आव २०७६/७७ मा ३१ अर्ब १३ करोडको तेल निकासी भएको थियो । आव २०७७/७८ मा बढेर ५५ अर्ब ९० करोड पुग्यो । त्यसैगरी आव २०७८/७९ मा ९३ अर्ब ६९ करोडको तयारी तेल निकासी भएको अभिलेख छ । तर, चालू आव २०७९/८० को १० महीनामा निर्यात खुम्चिएर २७ अर्ब २७ करोड कायम भएको छ । भारतले अप्रशोधित तेल आयातमा शून्य भन्सार महशुल बनाउँदै जीएसटी ५ प्रतिशतमा झारेपछि नेपालबाट हुने वनस्पति तेल र घिउको निकासी घटेको हो ।  वनस्पति घिउ, तेल निकासीको कारण आव २०७६/७७ मा ७ अर्ब ५० करोड विदेशी मुद्रा भित्रिएको अभिलेख छ । त्यसपछि यो बढेर आव २०७७/७८ मा १३ अर्ब ५० करोड र २०७८/७९ मा २० अर्ब पुगेको देखिन्छ । चालू आवको वैशाखसम्ममा घिउ, तेल निकासीबाट आर्जित रकम खुम्चिएर ६ अर्बमा सीमित भएको छ । संघमा आबद्ध वनस्पति घिउ, तेल उद्योगहरूले अघिल्ला आवहरूमा वार्षिक १ अर्ब रुपैयाँ आयकर तिर्दै आएका थिए । चालू आवमा निकासी घटेपछि उद्योगहरूले १० महीनामै १ अर्ब रुपैयाँ घाटा बेहोर्नु परेको संघका अर्का सदस्य नरेश राठीले बताए ।  उद्योगलाई टिकाउन र रोजगारीलाई निरन्तरता दिन सरकारले भारत र नेपालबीच २० प्रतिशतको करको अन्तर रहेकाले भारतभन्दा कम कर लगाएर तयारी वस्तु भारत निकासी हुनसक्ने वातावरण सृजना गर्नुपर्ने राठीले बताए ।  नत्र नेपालमा भारतबाट अवैधबाटो भएर कम गुणस्तरको तेल नेपाल भित्रने भएकाले जनताको स्वास्थ्य र सरकारको राजस्व दुवैमा नकारात्मक असर पर्ने उनले बताए । अहिले नै प्रति लिटरमा ५० रुपैयाँ नेपालमा भन्दा भारतमा खानेतेल सस्तो भएका कारण चोरी निकासी भइरहेकाले नाकामा कडाइ गर्नुपर्ने उनले सुझाव दिए ।

सम्बन्धित सामग्री

इराकद्वारा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात

इराकले नोभेम्बरमा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ । नोभेम्बरमा १०९.५४ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो ।

इराकद्वारा नोभेम्बरमा १० करोड ९० लाख ब्यारेल कच्चा तेल निर्यात

इराकले नोभेम्बरमा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ।नोभेम्बरमा १०९.५४ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो । यसबाट इराकले ९.५९ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको छ। नोभेम्बरमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ८७.५७ अमेरिकी डलर थियो । स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको तथ्याङ्कअनुसार मध्य र दक्षिणी इराकको तेल क्षेत्रबाट बसरा बन्दरगाहबाट करिब १०८.०५ मिलियन ब्यारेल ब्यारेल छिमेकी जोर्डनमा पठाइएको छ। उत्तरी प्रान्त निनेवेहको क

रुसी तेलको मूल्यमा 'क्याप' लागेपछि कच्चा तेल उत्पादनको कटौती कायमै : ओपेक प्लस

युरोपियन युनियन, जी सेभेन र अस्ट्रेलियाले रुसको समुद्री कच्चा तेलको मूल्यमा 'क्याप' अर्थात् निश्चित मूल्य तोकेपछि ओपेक प्लसले तत्काल उत्पादन नबढाउने भएको छ । नोभेम्बर महिनामा दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गरेको ओपेक प्लसले आउँदो महिनादेखि उत्पादन बढाउने अपेक्षा गरिएकोमा तत्काल कटौतीलाई नै निरन्तरता दिने निर्णय गरेको बीबीसीले जनाएको छ । ओपेक प्लस रुससहित कच्चा तेल निर्यात गर्ने २३ वटा देशको समूह हो । ओपेक प्लसले यसअघि कच्चा तेलको मूल्य बढाउन चाहेको थियो । तर युरोपियन युनियन, जी सेभेनमा आबद्ध देश र अ...

रुसको कच्चा तेल– पश्चिमा कटौती गर्दै, एसियाली मुलुक बढाउँदै

विश्वकै शीर्ष तथा डच तेल व्यापारी कम्पनी भिटोल समूहले रुसबाट कच्चा तेल नकिन्ने भएको छ । कम्पनीले यही वर्षको अन्त्यदेखि रुसको कच्चा तेल तथा अन्य उत्पादनको खरिद तथा बिक्री बन्द गर्ने घोषणा गरेको हो । अमेरिकी समाचार संस्था सिएनएनका अनुसार ऊर्जा र कमोडिटिको व्यापार गर्ने डच कम्पनीले सन् २०२३ देखि रुसको तेल तथा कमोडिटीहरूको व्यापार बन्द गर्ने उल्लेख गरेको छ । छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला सुरू गरेपछि धेरै पश्चिमा कम्पनीहरूले रुससँगको व्यापार सम्बन्ध तोडेका छन् ।यो बाहेक, शेल, टोटल इनर्जी र

अफगानिस्तानले कच्चा तेल निकाल्ने

एजेन्सी, २८ चैत्र । अफगानिस्तानले कच्चा तेल निकाल्ने निर्णय गरेको छ । तालिवान सत्तामा आएपछि उत्तरी प्रान्तको तेल पाइने क्षेत्रहरुबाट निकाल्ने निर्णय गरेको उल्लेख छ । यो अफगानिस्तानमा दोस्रो मुख्य आयोजना उद्घाटन भएको हो । यसअघिको आयोजना सारी पुल प्रान्तमा उद्घाटन गरिएको थियो । जहाँ दैनिक २०० टन कच्चा तेल निकाल्ने योजना बनाइएको छ । […]

रणनीतिक तेल भण्डारबाट ५ करोड ब्यारेल कच्चा तेल निकाल्न बाइडेनको निर्देशन

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको रणनीतिक तेल भण्डारबाट पाँच करोड ब्यारेल कच्चा तेल निकाल्न आदेश दिनुभएको छ । पेट्रोलियम पदार्थको विश्वभर बढ्दो मूल्य नियन्त्रण गर्न भन्दै राष्ट्रपति बाइडेनले नुनिलो गुफामा अमेरिकाले राखेको मध्ये पाँच करोड ब्यारेल तेल निकाल्न आदेश दिनुभएको समाचार संस्था सीएनएन जनाएको छ ।  बाइडेनले पेट्रोलियम पदार्थको धेरै खपत गर्ने चीन, भारत, बेलायत, जापान र दक्षिण कोरियालगायत देशसँग छलफल गरेर तत्काल तेल निकाल्न निर्देशन दिएको खबरमा उल्लेख छ ।  अमेरिकी बजारमै कच्चा पेट्रो...

एक वर्षमा करिब ७७ अर्बको भटमास, सनफ्लावर र पाम कच्चा तेल नेपाल भित्रियो

काठमाडौं।गत आर्थिक वर्षमा नेपालमा ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको भटमास,सनफ्लावर र पाम कच्चा तेल भित्रिएको छ।भन्सार विभागकाअनुसार ५३ अर्ब ३८ करोड ७८ लाख ८१ हजार रुपैयाँको कच्चा भटमास तेल,१६ अर्ब २४ करोड ८६ लाख ८१ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल र ७ अर्ब २३ करोड ४८ लाख ८० हजार रुपैयाँको कच्चा पाम तेल नेपाल भित्रिएको हो।

४५ अर्बको भटमासको तेल आयात, ४२ अर्बको निकासी

काठमाडौं। नेपालले चालू आर्थिक वर्षको ११ महिनामा विदेशबाट ४५ अर्बको भटमासको कच्चा तेल ल्याएर ४२ अर्बको प्रशोधित तेल निकासी गरेको छ। यस अवधिमा नेपालले दक्षिण अमेरिका लगायतका मुलुकबाट भटमासको कच्चा तेल आयात गरेको छ। यस अवधिमा नेपाल सरकारले ४ अर्ब रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ।

दश महिनामा अर्जेन्टिनाबाट करिब ३० अर्बको कच्चा तेल नेपाल भित्रियो

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो १० महिनामा अर्जेन्टिनाबाट २९ अर्ब ८४ करोड ५१ लाख ८ हजार रूपैयाँको कच्चा तेल नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार २०७७ साउन देखि २०७८ वैशाखसम्म अर्जेन्टिनाबाट २९ अर्ब ७३ करोड १८ लाख ६७ हजार रूपैयाँको कच्चा सोयाविन तेल र ११ करोड ३२ लाख ४१ हजार रूपैयाँको कच्चा सन्फ्लावर तेल नेपाल भित्रिएको छ।