इटालीका गोलकिपर डोनारुम्मा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित

इटालीका गोलकिपर जिआनलुइगी डोनारुम्मा यूरो कप फुटबल २०२० को ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुनुभएको छ । २२ वर्षीय डोनारुम्माले यूरो कप फुटबल २०२० को फाइनलको पेनाल्टी शूट आउटमा इंग्ल्याण्डको दुई प्रहार विफल तुल्याउनुभएको थियो । जसले गर्दा इटालीले सन् १९६८ पछि पहिलो पटक यूरो कपको उपाधि जित्न सफल भयो । इंग्ल्याण्डका जैदन साञ्चो र बुकायो साकाको प्रहार रोक्नुभएको डोनारुम्माले इंग्ल्याण्डका दुई खेलाडीको प्रहार रोक्न सक्नुभएन । सन् १९९२ पछि ‘प्लेयर अफ द टुर्नामेन्ट’को पुरस्कार जित्नुहुने उहाँ पहिलो गोलकिपर हुनुहुन्छ । यसअघि पिटर सेमैकलले सन् १९९२ मा ‘प्लेयर अफ द टुर्नामेन्ट’ को पुरस्कार जित्नुभएको थियो ।