राजापाक्ष : दक्षिण एशियाकै शक्तिशाली राजनीतिक वंशको उदय र पतनको यात्रा

एजेन्सी । आफ्नो शक्तिको उचाइमा, श्रीलङ्काको शक्तिशाली राजनीतिक वंश राजापाक्ष परिवारका चार दाजुभाइहरू एकै समयमा राष्ट्रपति, प्रधानमन्त्री, अर्थ मन्त्री र गृह तथा रक्षा मन्त्री थिए । तर जुन समय राजापाक्ष वंश अजय देखिएको थियो त्यही समयमा तिनकै कारणले सिर्जित आर्थिक सङ्कट तिनको पतनको मार्ग खन्दै थियो । तर के यही सङ्कटले दक्षिण एसियाको सबैभन्दा शक्तिशाली राजनीतिक परिवार सधैँ राजनीतिबाट बाहिर रहन्छ ?सन् २०२० अगस्ट १२ मा देशका प्राचीन राजाहरूको राजनीतिक राजधानी क्यान्डीको केन्द्रस्थ्ति श्रीलङ्काको