तुइनबाट खस्दा एक जना बेपत्ता, शिलान्यास भएको २ वर्षसम्म पनि बनेन पुल

दार्चुला। जिल्लाको ब्याँस गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्याँस गाउँपालिका वडा नम्बर २ मालका ३० वर्षीय जयसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।