पार्टीलाई स्थापित गर्न स्थानीय चुनाव महत्त्वपूर्ण छ, धेरै भन्दा धेरै उम्मेदवारलाई जिताउनुपर्छ : यादव

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भुमिका खेल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।  आज सोमवार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्त्वपूर्ण भुमिका खेल्न निर्देशन दिनुभएको हो । उहाँले प्रत्येक केन्द्रीय सदस्यहरूलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आउँदाे स्थानीय तहकाे चुनावमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने बताउनुभयो । उहाँले गाउँ, नगर...

सम्बन्धित सामग्री

स्थानीय चुनाव: सुरुवाति परिणाममा स्वतन्त्र र बागीको दबदबा

देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको परिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ । तर, मतगणनाको सुरुवाति परिणाम हेर्दा केही महत्त्वपूर्ण स्थानीय तहमा बागी र स्वतन्त्र उम्मेदवारले पाएको परिणामले चुनावी परिणामलाई थप रोचक बनाएको छ ।

स्थानीय चुनाव: सुरुवाति परिणाममा स्वतन्त्र र बागीको दबदबा

देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको परिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ । तर, मतगणनाको सुरुवाति परिणाम हेर्दा केही महत्त्वपूर्ण स्थानीय तहमा बागी र स्वतन्त्र उम्मेदवारले पाएको परिणामले चुनावी परिणामलाई थप रोचक बनाएको छ ।

सेयरबजारमा एकै दिन १०० अंकको गिरावट आउनुको ४ कारण

सेयर बजारमा महिनादिन पछि ठुलो करेक्सन देखिएको छ। पुष ५ गतेयता नेप्से परिसूचक एकाध दिन सामान्य अंकले घटेपनि एकै दिनको कारोबारमा झन्डै सय अंकले घटेको यो पहिलो पटक हो। पुष ५ गते २३५८ को बिन्दुमा रहेको नेप्से परिसूचक अपवादको रुपमा एकाध दिन थोरै अंकले घटेपनि निरन्तर रुपमा बढेर अर्थात झन्डै ५६२  अंकले वृद्धि भएर हिजो अर्थात माघ ९ गतेको कारोबारसम्म २९२० को बिन्दुमा पुगेको थियो। पुष ५ गतेयता निरन्तर उकालो लागिरहेको नेप्से परिसूचक आज अर्थात माघ १० गते आएर एकै दिन १०० अंकको करेक्सन देखिएको छ। नेप्से सूचक ३.४३ प्रतिशत अर्थात् १००.१० अंकले घटेर २८२०.४१ को बिन्दुमा रोकिएको छ। कारोबार खुलेलगत्तै झन्डै ४३ अंकले घटेको नेप्से परिसूचक फर्किने प्रयास गरेपनि अन्तत सय अंकको करेक्सन हुन पुगेको छ। बजारमा १०० अंकको करेक्सन देखिएपनि कारोबार रकम भने उत्साहजनक रहेको छ। ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रुपैयाँ ५७ पैसाको कारोबार भएको छ । झन्डै महिनादिनपछि बजारमा एकै दिन सय अंकको करेक्सन किन देखियो भन्ने आम चाँसो रहेको छ। बिशेषगरि चार कारणले आज एकै दिन बजार सय अंकले करेक्सन भएको जानकारहरु बताउँछन्। पहिलो र महत्त्वपूर्ण कारणमा गठबन्धन सरकारले स्थानीय चुनाव बैशाखमा नभई असोजमा गर्नेबारे गरेको सहमती। चुनाव समयमै भयो भने बजारले नयाँ उचाई लिन्छ भन्ने लगानीकर्ताको बिश्वास थियो तर लगानीकर्ताको बुझाई विपरित असोजमा चुनाव गर्ने गठबन्धनको सहमतीले बजारमा एकै दिन १०० अंकको करेक्सन हुनुमा मद्दत गरेको जानकारहरुको भनाई छ। दोस्रो कारणमा नेपाल राष्ट्र बैंकले सरकारको लागि चालु आर्थिक वर्षमा थप २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गर्नु। सरकारको लागि राष्ट्र बैंकले २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउँदा अहिले दबाबमा रहेको तरलता थप दबाबमा पर्ने बुझाईले बजार घट्नमा मद्दत गरेको छ। त्यस्तै केहि दिन यता बिभिन्न संचार माध्यममा केहि बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेको समाचार आएकाले त्यसले पनि बजारमा नकारात्मक असर परेको देखिन्छ। चौथो तथा महत्त्वपूर्ण कारण भनेको बजारले करेक्सन खोजिरहेको र त्यसको लागि केहि कारण खोजिरहेको र समयमै स्थानीय चुनाव नहुने लगायतका कारण दृश्यमा देखिएकाले बजारमा एकै दिन १०० अंकको करेक्सन देखिएको जानकारहरुको भनाई छ। एक महिना ५ दिनको अवधिमा नेप्से परिसूचक ५६२ अंकले बढेकाले यसले करेक्सन खोजिरहेको र आज त्यहि भएको बजारमा लामो समयदेखि सेयर कारोबार गरिरहेका अनुभवीहरुको भनाई छ।

देश सञ्चार साँझ ॥ स्थानीय चुनाव वैशाखमा नगर्ने सरकारको कसरत ​|| NEWS BULLETIN

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।   #deshsancharsanjha