काठमाडौं : तीन तहका अदालतको सर्वोश्रेष्ठ निकाय हो सर्वोच्च अदालत। सोही अदालतको मातहतमा दुई तहका उच्च र जिल्ला अदालत हुन्छन्। प्रत्येक प्रदेशमा एउटा उच्च अदालत रहने र ७७ वटा जिल्लामा जिल्ला अदालत रहन्छ। सर्वोच्चमा प्रधानन्यायाधीशका अतिरिक्त २० जना न्यायाधीश हुन्छन्। तर, दरबन्दी अनुसारका न्यायाधीश नहुँदा सर्वोच्च अदालत न्याय सम्पादनका दृष्टिले ‘कोमा’ मा छ।अहिले एक प्रधानन्यायाधीश र १३ जना न्यायाधीशको भरमा सर्वोच्च चलिरहेको छ। ३७ हजार मुद्दा दराजमा थन्क्याएर दरबन्दीभन्दा