आजबाट ५० जिल्लामा १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाइने

काठमाडौँ । आजबाट ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा दिइने भएको छ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौ देखी १ असोजसम्म दोस्रो मात्रा खोप सञ्चालन हुनेछ […]