महामन्त्री जितेपछि विश्वप्रकाश पुगे बिपी संग्रहालय

काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा चुनावी परिणाम आएलगत्तै सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेका छन्। उनले सुन्दरीजलस्थित विपी कोइरालालाई जेलमा राखिएको ठाउँको माटोलाई ढोगेर उम्मेदवारी घोषणा गरेका थिए। त्यही स्थानमा पुगेर शर्माले आफ्नो जिम्मेवारीलाई आत्मसात गरेका हुन्। जितसँगै गहन जिम्मेवारी बोकेर सुन्दरीजल पुगेका उनले बिपीको शालिकमा माल्यार्पण गर्नुका साथै त्यहाँको माटोमा ढोगे। पार्टीको १४ औं महाधिवेशनमा शर्मा १ हजार ९ सय ८४ मत ल्याएर विज