भेरी नदी किनारमा शव फेला

सल्यान :  भेरी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको कुमाख गाउँपालिका ४ स्याला स्थित भेरी नदी किनारमा अन्दाजी २४ वर्षीय पुरुषको सोमबार साँझ शव फेला परेको हो।मृत्तक जाजरकोट भेरी नगरपालिका मैदी घर भई हाल रुकुम आठबिसकोट नगरपालिका ११ चिसापानी बस्नै विर्खे कामी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।वैशाख २१ गते जाजरकोट भेरी नगरपालिका ४ मेटलामा आफन्तको विवाहमा जन्ती गएको समयमा भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। उनको खोजी कार्य गर्ने क्रममा शव फेला परेको जिल्ला प्

सम्बन्धित सामग्री

भेरी नदी किनारमा बेवारिसे शव फेला

सल्यान : जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारस्थित भेरी नदी किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको छ। अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।शनिबार बिहान भेरी नदीमा नुहाउन जाने क्रममा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। गहुँगोरो, दाह्रीजुँगा पालेको, रातो सेतो रङको चेकसर्ट लगाएको, खरानी रङको ट्रयाक लगाएको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।घटनास्थलमा प्रहरी पुगेक

भेरी किनारमा शव फेला

सुर्खेत। सुर्खेतको भेरी नदी किनारमा एक बेवारिसे शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० स्थित भेरी नदी किनारमा मंगलबार दिउँसो उक्त बेवारिसे शव फेला परेको हो । नाम–थर नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उक्त शव बगेर किनारा लागेको हुनसक्ने अनुमान गरेको छ । […]

भेरी नदी किनारमा शव फेला

सल्यान : सल्यानमा भेरी नदी किनारमा शव फेला परेको छ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका २ कालिभिर नजिकै भेरी नदी किनारमा शव फेला परेको हो।  शव जाजरकोट भेरी नगरपालिका-३ का २६ वर्षीय विक्रान्त केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।गत कात्तिक ८ गते देखि केसी हराइरहेका थिए। भेरी नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  खोजतलास गर्ने क्रममा आज उनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख गोपालप्रसाद श्रेष्ठले जानकारी दिए।

भेरी नदी किनारमा महिलाको शव फेला

सल्यान : भेरी नदी किनारमा एक महिलाको शव फेला परेको छ। सुर्खेत सिम्ता गाउँपालिका – ६ राकम स्थित भेरी नदीमा शव फेला परेको हो।शव सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ पोखराकी अन्दाजी ४० वर्षकी पार्वती कामी रहेको इलाका प्रहरी कार्यालय बादेपिपल राकम सुर्खेतले बताएको छ।यस्तै भेरी नदीमा पौडी खेल्न गएकी एक बालिका वेपत्ता भएकी छन्। बनगाड कुपिण्डे नगरपालिका –३ काराकी १४ वर्षीया गीता वि.क वेपत्ता भएकी हुन्।मंगलबार  नदीमा पौडी खेल्न गएकी उनी वेपत्ता भएकी हुन्। उनको खोजी कार्य भइरहेको जिल्ल

सल्यानमा २ शव फेला

जिल्लाको छुट्टाछुट्टै दुई नदी किनारमा २ जनाको शव भेटिएको छ । बन्गाड कुपिण्डे नगरपालिका २ आरुघाट नजिकै भेरी नदी किनारमा महिलाको र कालीमाटी गाउँपालिका ७ बाटुले नजिकै बबई नदी किनारमा पुरुषको शव फेला परेको हो । महिलाको शवको अहिलेसम्म पहिचान खुल्न नसकेको र पुरुष वर्ष ३५ का बाटुलेकै श्याम बिकको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।