भैरहवामा आज पहिलो चार्टर उडान

काठमाडौं, साउन ११ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक सञ्चालनमा आएको दुई महिनापछि पहिलो चार्टर फ्लाइट अवतरण हुँदै छ । भियतनामको नोइ बाई इन्टरनेसनल एयरपोर्टबाट दुईजना भिक्षु यात्रु बोकेर आउने १२ सिटे एठएक्स प्राइभेट जेट काठमाडौँ हुँदै भैरहवामा आज अवतरण हुन लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक एवं सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुधबार […]

सम्बन्धित सामग्री

गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान चुनौतीपूर्ण : पर्यटनमन्त्री किराती

लुम्बिनी । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महीनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान शुरु गरेको छ ।  आज बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।  मलेसियाबाट ९० यात्रु बोकेर आएको राष्ट्रिय ध्वजावाहक जहाज भैरहवास्थित विमानस्थलमा ३१ जना यात्रु ओरालेर काठमाडौंका लागि उडान भरेको नेपाल वायु सेवा निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए । मलेसियामा रोजगारी गरी फर्केका र मलेसियाका पर्यटन व्यवसायीहरू भैरहवा विमानस्थलमा ओर्लिएको सहप्रवक्ता घिमिरेको भनाइ छ । भैरहवास्थित यस विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो व्यावसायिक अन्तरराष्ट्रिय उडान भएकाले यात्रुहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र राज्यमन्त्री सुशीला शिर्पालीले विमानस्थलमा स्वागत गरे ।   राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइनसको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको शुभारम्भ गर्दै पर्यटनमन्त्री सुदन किरातीले यसको निरन्तरता चुनौतीपूर्ण भएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशनमा व्यावसायिक उडान शुरु भएकाले यसको नियमितताका लागि सरकारी तथा निजी क्षेत्र सबै लाग्नुपर्ने बताए ।      उनले नेपाल एयरलाइन्सलाई आगामी दिनमा स्थायित्व, प्रभावकारी सञ्चालन र बजारीकरणका लागि प्रचारप्रसारमा जोड दिन निर्देशन दिए । ‘बुद्व सर्किटकै बजारीकरणका लागि यो विमानस्थल निर्माण भएको हो । भैरहवाबाट पनि जहाज उडान सकिन्छ भन्ने विश्वास दिलाउनुपर्छ,’ उनले भने, ‘यस विमानस्थलबाट दिल्लीलगायत अन्य गन्तव्यमा पनि उडान गर्ने प्रयास जारी छ ।’  मन्त्री किरातीले निगमलाई पूर्ण व्यावसायिकरूपमा सञ्चालन गर्न र दुर्गमका जनतालाई समेत सेवा प्रदान गर्न नयाँ जहाज किन्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारले निगमका लागि पारदर्शी ढङ्गले जहाज किन्ने प्रक्रियामा रहेको बताए । उनले दुर्गम क्षेत्रमा सेवा दिनका लािग घाटा भए पनि जहाज किन्नुपर्नेमा जोड दिए ।  मन्त्री किरातीले प्रधानमन्त्री दाहालको हालै सम्पन्न भारत भ्रमण इतिहासमा कोशेढुङ्गा साबित भएको बताउँदै यस्तो ऐेतिहासिक सफलतालाई ओझेलमा पार्ने प्रयास भएको बताए ।   संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला सिर्पालीले लुम्बिनी प्रदेशको पहिचान, धरोहर, बुद्वलाई अन्तरराष्ट्रियकरण गर्ने उद्देश्यले विमानस्थल निर्माण भएकाले यसको नियमित व्यावसायिक सञ्चालनमा सरकारको जोड रहेको बताए । उनले विमानस्थत नियमित सञ्चालन नहुँदा धेरै तर्फबाट प्रश्न उठेको बताउँदै सञ्चालन निरन्तरता हुन नसक्नुमा राजनीतिक अस्थिरतापनि मुख्य रहेको बताए ।  कार्यक्रममा पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नं ३ का सङ्घीय सांसद दीपक बोहोराले राष्ट्रिय ध्वजावाहक जहाजले व्यावसायिक उडान शुरु गर्दा गौतमबुद्ध विमानस्थलको प्रभावकारी सञ्चालन हुनेमा आशा पलाएको बताए । उनले त्रिभुवन विमानस्थलबाट हुने हरेक अन्तरराष्ट्रिय उडान गर्ने कम्पनीलाई एक–एक उडान भैरहवाबाट गर्नुपर्ने नीति बनाउन सरकारलाई सुझाव दिए ।  मन्त्रालयका सचिव सुरेश अधिकारीले मलेसिया उडानको शुरुआत हुनु महत्त्वपूर्ण उपलब्धि रहेको बताए । उनले महेन्द्रनगर नाकाबाट अवतरण गर्ने प्रक्रियाका लागि सरकारका तर्फबाट प्रयास भइरहेको बताउँदै अन्य विमान सेवा कम्पनीलाई यस विमानस्थलबाट उपलब्ध हुने सेवा र रूटसँग सम्बन्धित विषयमा आश्वस्त पार्नुपर्ने बताए ।  सचिव अधिकारीले भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको मागबमोजिम आगामी आर्थिक वर्षदेखि भैरहवामा पर्यटन बोर्डको शाखा स्थापना गरी सेवा सञ्चालन हुने जानकारी दिए ।  निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगममा जहाज थपिएपछि व्यावसायिकरूपले नियमित उडान गर्न सकिने बताए । उनले लुम्बिनीबाट बुद्ध धर्मावलम्बी भएका मुलुकलाई जोडन भैरहवाको उडानलाई नियमित गर्नु आवश्यकता रहेको बताए ।   नेपाल उद्योग वाणिज्य महासङ्घका लुम्बिनी प्रदेश संयोजक कृष्णप्रसाद शर्माले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन हुन नसक्दा निजी क्षेत्र विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरे । विमानस्थल निर्माण गर्दा सरकारले रु ४० अर्ब र विमानस्थललाई हेरेर निजी क्षेत्रले रु ८० अर्बभन्दा बढी लगानी गरेको उनको भनाइ छ । विसं २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए ।  तत्कालीन समयमा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यावसायिक उडान भने कुबेतको अल जजिरा एयरलायन्सले गरेको छ । जजिरापछि हिमालय एयरलायन्सले कात्तिकमा मलेसियाको चार्टर उडान गरे पनि हाल यी दुवै कम्पनीका जहाजले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिन सकेका छैनन् । रासस

नेपालगन्ज–पोखरा हवाइ उडानले पर्यटन व्यवसायी उत्साहित

निजी क्षेत्रको प्रयासबाट पहिलो पटक नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज सुरु गरिएको उडान सेवा नियमित भएपछि निजी क्षेत्र र पर्यटन व्यवसायी उत्साहित भएका छन् । पश्चिम नेपालको बाँके र बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले दुई महिनाअघि सुरु गरिएको नेपालगन्ज–पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढ्दै गएपछि उडान सङ्ख्या थप गरिँदै लगिएको हो । लामो समयदेखि नेपालगन्ज–पोखरा सिधा उडान गर्नुपर्ने विषयमा ब्यापक रूपमा छलफल, बहस हुँदै आएपनि यसअघि कुनै पनि हवाई कम्पनीले व्यावसायिक उडान थालेका थिएनन् । उक्त मुद्दालाई अगाडि सार्दै आएको नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरले सरकार र हवाई कम्पनीलाई दबाब दिनकै लागि गत फागुनमा उक्त रुटमा चार्टर उडान सुरु गरेको थियो । सीता एअरको १८ सिटे जहाजबाट सुरु गरिएको चार्टर उडानलाई कोरोना भाइरस महामारीको दोस्रो लहरले असर ग¥र्यो र बीचमै बन्द भयो । दुई वर्षअघि पनि बुद्ध र यती एयरलाइन्सले नेपालगन्ज–पोखरा उडान थाल्ने तयारी गरेका थिए, तर विभिन्न कारण देखाउँदै अन्तिममा स्थगित गरेका थिए । पर्यटन व्यवसायीको चर्को दबाब, यात्रुको मागका आधारमा अहिले बुद्ध एयरले उक्त रुटमा व्यावसायिक उडान सुरु गरेको छ ।कम्पनीको १९ सिटे जहाजबाट तत्कालका लागि हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार उडान सुरु गरिए पनि गत आइतबारदेखि  दैनिक रूपमा उडान थालेको बुद्ध एयरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाहले बताए । नेपालगन्ज–पोखरा रुटमा यात्रुलाई आर्कषण गर्न विभिन्न प्याकेज पनि ल्याइएको उनको भनाइ छ । कोरोना महामारी कम हुँदै गएपछि उडान र ठूलो जहाज सञ्चालन गर्ने प्रमुख शाहले सुनाए । कोरोनाको यो महामारीमा पनि आन्तरिक हवाई यात्रु पर्याप्त बढेको एयरलाइन्स पदाधिकारी बताउँछन् । कोरोनाको सङ्क्रमणको त्रासले पनि अहिले जसोतसो हवाईजहाजमा यात्रा गर्न यात्रु तयार भएका छन् । अहिले नेपालगन्ज उडानमा भने बुद्धले सोचेभन्दा बढी सफलता हात पारेको उनको भनाइ छ । यहाँका पर्यटन व्यवसायीले नेपालगन्ज र पोखरा क्षेत्रको पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुग्ने विश्वास गरेका छन् । नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालगन्ज–पोखरा रुटमा यात्रुको चाप धेरै भएको बताए । सो रुटमा यसअघि निजीस्तरबाट नाटा बाँके च्याप्टरले चार्टर उडान गरेको स्मरण गर्दै आफूहरुले थालेको अभियानलाई साथ दिँदै बुद्ध एयरले व्यावसायिक उडान सुरु गरेको जानकारी दिए । रारा, कैलास मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके निकुञ्जलगायत पश्चिम क्षेत्रका पर्यटकीयस्थल घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरेर नेपालगन्जमा आधा दर्जन बढी तारे होटल सञ्चालनमा छन् ।नेपालगन्ज नाका हुँदै आउने भारतीय पर्यटक यस क्षेत्रमा घुमेर पोखरा जान र पोखराबाट पर्यटक सिधैँ नेपालगन्ज आउन चाहान्थे, त्यसका लागि यसअघि सिधा हवाई उडान नै थिएन । सिधा हवाई उडानका लागि विगतमा जनप्रतिनिधि, पर्यटन व्यवसायी, ट्राभल एजेन्सीलगायतले पहल थाले पनि सरकार र विमान कम्पनीको बेवास्ताका कारण उक्त मुद्दा अधुरै थियो ।  सिधा हवाई उडान नहुँदा पर्यटकलाई आर्थिक भार पर्नुका साथै झन्झटिलो हुने हुँदा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रले बेहोर्नु परिरहेको र अब पश्चिम क्षेत्रका थुप्रै पर्यटकीयस्थलको प्रवद्र्धनमा टेवा पुग्ने पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । मुलुकको अग्रणी विमान कम्पनी बुद्ध एयरले पहिलो पटक व्यावसायिक उडान थालेपछि भने हवाई यात्रु, होटल व्यवसायी, पर्यटन व्यवसायी हर्षित भएका छन् ।विभिन्न सरोकारवाला निकायले आज पहिलो उडानमा पोखराबाट आएका यात्रुलाई स्वागत र नेपालगन्जबाट पोखरा उडेका यात्रुलाई भव्य रुपले बिदाइ गरेका थिए ।  उक्त रुटका यात्रुले धमाधम टिकट बुकिङ गरिरहेको कम्पनीले जनाएको छ । नेपालगन्ज–पोखरा उडानमा प्रतिव्यक्ति भाडा रु चार हजार ९९५, पाँच हजार ५६५ र सात हजार ६६५ तोकिएको छ ।यसका साथै नेपालगन्जबाट पोखरा घुम्न जाने पर्यटकका लागि आउनेजाने भाडा, दुई रात बास, नास्ता र विमास्थल–होटलसम्म यातायातको व्यवस्थासहित रु ११ हजार र पोखराबाट बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सोही सुविधासहित रु १३ हजार ९०० प्याकेज ल्याइएको कम्पनीले जनाएको छ ।

नेपाल एयरलाइन्सले एकतर्फी दुबई–काठमाडौं चार्टर उडान गर्ने

नेपाल एयरलाइन्सको दुबई–काठमाडौं एकतर्फी चार्टर उडान हुने भएको छ। कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान स्थगन भएपछि  यूएईमा विविध कारणले रोकिएका नेपालीहरुलाई लक्षित गरि नेपाल एयरलाइन्सले आगामी जुन २३ र ३० तारिक गरि हप्ताको दुई (दुबई–काठमाडौ) एकतर्फी उडान सुचारु गर्ने भएको हो।आज मंगलबारदेखि टिकट बि...

दक्षिण कोरियाबाट नेपालीले आज स्वास्थ्य सामग्री,उपकरण पठाउँदै

क्षिण कोरियामा कार्यरत नेपालीले संकलन गरेको स्वास्थ्य सामग्री र उपकरण आज नेपाल पठाइने भएको छ । दक्षिण कोरिया स्थित नेपाली राजदूतावासले आज कोरियन एअरको विशेष चार्टर उडान बाट पठाउन लागिएको जानकारी दिएको छ । उक्त विमानबाट एक लाख मास्क, ३ सय थान पीपीई, २४० बोतल सेनिटाइजर र ५ सय थान अक्सिमिटर लगायत औषधि आउने छ । गैर आवासीय संघ दक्षिण कोरिया, कोरिया स्थित विभिन्न संघसस्था, नेपाली मुलकका कोरियन नागरिकले सहयोग जुटाएर दूतावासलाई हस्तान्तरण गरिसकेको समेत दूतावासले बताएको छ ।

आज सातसय भन्दा बढी नेपाल आउँदै

काठमाडौं : आज नियमित र चार्टर उडान मार्फत ७ सय भन्दा धेरै नेपाली स्वदेश फर्किँदैछन्।  कतार, साउदी अरब, युएई र चीनबाट गरी ७ सय ४१ जना नेपाली आउन लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार युएईबाट दुईवटा विमानमार्फत् तीन सय भन्दा धेरै नेपाली आउँदैछन्। नेपाल एयरलाइन्सको उडानमार्फत् ...

१६ जना यात्रु लिएर बुद्धको ढाका चार्टर उडान

काठमाडौः निजी वायुसेवा कम्पनी बुद्ध एयरले शुक्रबार १६ जना यात्रु लिएर काठमाडौं-बंगलादेश चार्टर उडान गरेको छ। १६ जना यात्रु लिएर बिहान १० बजेर १४ मिनेटमा उडान भएको जहाज आज साँझ फर्कने योजना रहेको कम्पनीका प्रक्ता रुपेश जोशीले जानकारी दिए। बुद्धको एइटिआर-४२ मार्फत् गरिएको यो चार्टर उडान बंगलादेशको निजी क्षेत्रको