महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन अभियानमा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले छाउपडी प्रथा उन्मूलन अभियानमा आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिममा प्रचलित छाउपडी प्रथा उन्मूलन अभियान चलाइरहेको एक्सन वर्क नेपाललाई बैंकले उक्त सहयोग गरेको हो । छाउपडी प्रथाविरुद्ध जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्ष रूपमा प्रभावितलाई स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी जानकारी दिन सहयोग रकम खर्च गरिने बैंकले जानकारी दिएको छ । कार्यक्रम बैतडीको दिलासैनी गाउँपालिकामा करीब चार महीना सञ्चालन हुनेछ । उक्त योजनाअन्तर्गत समुदायस्तरमा सचेतनाका कक्षा, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधनको प्रयोग गरी पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड बनाउने तालीम  प्रदान गरिने बताइएको छ ।

सम्बन्धित सामग्री

छाउपडी प्रथा उन्मूलन कार्यक्रम सञ्चालन हुँदै, महालक्ष्मी बैंकले गर्‍याे सहयोग

काठमाडौं । सुदुरपश्चिमका ग्रामीण क्षेत्रमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि एक्सन वर्कर नेपालद्वारा साञ्चालित छाउपडी एण्ड मिन्सुरल हेल्थ हाइजेनिक म्यानेजमेन्ट प्रोजेक्ट महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत एाजीओलाई आर्थिक सहयोग गरेको जनाइएको छ । त्यस्तै, छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्घ जनचेतना जगाउने […]