पानीका मुहान जोगाउन पोखरी संरक्षण गरिने

बलेवा, १८ असार । बागलुङका स्थानीय तहले पानीको मुहान संरक्षणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । सुख्खा याममा पानीका मुहान सुक्ने र खानेपानीसमेत अभाव हुन थालेपछि मुहान संरक्षणका लागि प्राकृतिक विधि अपनाउने गरी कार्यक्रम ल्याइएको हो । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा पानीका स्रोत संरक्षणका लागि मुहान जोगउने कार्यक्रम तयार […]

सम्बन्धित सामग्री

पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै

गलकोट । पछिल्लो समय बागलुङमा मुहान तथा कुवा सुक्न थालेका छन् । विभिन्न कारणले गर्दा खानेपानीका मुहान सुक्दै गई खानेपानीको अभाव हुन थालेपछि मुहान संरक्षण गर्न अभियानका रुपमा लिइएको छ । कतै मुहान संरक्षण थालिएको छ भने कतै मूल फुटाउन पोखरी संरक्षण गर्न थालिएको हो । पछिल्लो समय सडक निर्माण, जलवायु परिर्वतन तथा भूकम्पका कारण […]

जलाधार संरक्षण गर्न हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण

भोजपुर- हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ  । पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । वातावरणीय अनुकूलता कायम राख्न साविका ५४ वटा वडामा एउटा पोखरी निर्माणको थालनी गरिएको छ । जलवायु परिवर्तनका कारण...

पोखरी संरक्षण र पार्क निर्माणमार्फत पर्यटन प्रवर्द्धन गर्ने नगरपालिकाको योजना

ढोरपाटन । पछिल्लो समय गाउँगाउँमा मोटर बाटो पुग्न थाले । विनाइञ्जिनीयरिङ निर्माण भएका सडकले एकातर्फ पर्यावणका साथै बाढी र पहिराको जोखिम बढाएको छ भने अर्कातर्फ पानीका मुहान सुक्दै गएका छन् । पानीका मुहान सुक्न थालेपछि जिल्लाका धेरै बस्तीमा खानेपानी आपूर्तिमा समस्या आउनसमेत थालेको छ । एक दशक अगाडिसम्म पानीले भरिभराउ हुने पोखरी अहिले सुक्खा भएका छन् । घरघरमा धारा नहुँदा स्थानीयले पशुचौपायालाई पानी खुवाउने र सिँचाइका लागि गर्ने पोखरी अहिले सुक्खा हुन थालेका छन् । मौलिक परम्परासँग जोडिएका यस्ता सम्पदा संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन । बागलुङको जैमिनी नगरपालिकाले भने यसको संरक्षणमा चासो देखाएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा ठूला पोखरीको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्न थालेको छ । नगरपालिका-३ दमेकस्थित खालपोखरीको संरक्षण गर्नुका साथै त्यस वरपरको क्षेत्रमा पर्यटन पार्क निर्माण गर्न थालिएको छ । नगरपालिकाले मौलिक सम्पदासँगै जोडेर पर्यटन प्रवर्द्धन गर्ने गरी काम शुरू गरेको हो ।  आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशले विनियोजन गरेको रू. १० लाखले खालपोखरीलाई थप व्यवस्थित गर्ने र यस वरपर पर्यटन पार्क, वनभोजस्थललगायत संरचना निर्माण गर्ने नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । शर्माले यो क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेको हुँदा यसको प्रवर्द्धनमा प्रदेश सरकार र नगरपालिका जुटेको बताए । सडकको सहज पहुँच र चर्चित पर्यटकीय स्थल गाजाको दह नजिक पर्ने हुँदा खालपोखरी क्षेत्रको विकास गर्न थालेको उपप्रमुख शर्माको भनाइ छ ।  ‘जैमिनीभित्र थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, धेरैजसो गन्तव्य स्थलमा नगरपालिकाको लगानीमा पूर्वाधार निर्माण भइसकेका छन्, अहिले नयाँ गन्तव्य निर्माण गर्दै छौं, पहिले यो पाखरीबाट पानी संकलन गरेर सिँचाइ गर्ने गरिन्थ्यो, वस्तुभाउलाई पानी खुवाइन्थ्यो, अहिले सुक्दै गएको छ,’ उपप्रमुख शर्माले भने, ‘अब योसँगै अन्य पोखरीको पनि संरक्षण गर्छौं, अहिले यहाँ पर्यटन पूर्वाधार निर्माण शुरू गरेका छौं, यसको प्रचारप्रसारलाई पनि तीव्र बनाउने र पर्यटक भित्र्याउने वातावरण तयार गर्छौं, यो पनि एउटा महत्त्वपूणर् गन्तव्य बन्ने आशा छ ।’ रासस

पर्यटकको आकर्षक गन्तव्य तालतलैयाको फोहोर व्यवस्थापनमा चुनौती

धरान (अस) । पछिल्लो समय सुनसरीका सिमसार क्षेत्रहरू पर्यटकको आकर्षक गन्तव्य बन्दै गएका छन् । सिमसार क्षेत्रमा पुगेर प्रकृतिको मनोरम दृश्यावलोकनसँगै त्यहाँ रहेका पार्क, चिडिया घर लगायतले आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने गरेको छ । सिमसार क्षेत्रहरू जति पर्यटकीय स्थल बन्दै गएको छ, त्यति नै दूषित पनि बन्दै गएका देखिन्छन् । सिमसार क्षेत्रको संरक्षण तथा फोहोर व्यवस्थापनमा स्थानीय सरकारले चासो नदिँदा प्रदूषित बन्दै गएका पर्यटकले गुनासो गर्न थालेका छन् । सिमसार क्षेत्रका पानीका मुहान पनि सुक्दै गएका छन् । एकातिर वनभोज खान आउनेहरूले जथाभावी फोहोरले प्रदूषित बन्दै गएको छ भने तालतलैयामा रहेका जलकुम्भीका कारण आकर्षक तालतलैयाको सौन्दर्य नै हराउन थालेको छ । फोहोरले दूषित बनाउँदै गएपछि इटहरीस्थित तालतलैया क्षेत्रमा शनिवार सरसफाइ गरिएको छ । तालमा भरिएका जलकुम्भीहरू नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत स्थानीयहरूको सहयोगमा सरसफाइ गरिएको हो । जलकुम्भीले वातावरणमा नकरात्मक असर पर्ने र तालको सुन्दरता  ढाकिने भएपछि सरसफाइ गरिएको तालतलैया संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालले बताए । ‘तालतलैयाको सुन्दरता देखेरै सयौं सर्वसाधारण तालतलैया घुम्न आउँछन् । जलकुम्भीका कारण ताल कुरूप बन्दै गयो । यसको सुन्दरतामा निखार ल्याउन पनि हामीले सरसफाइ गरेका हौं,’ उनले भने । पछिल्लो समय तालतलैयामा रहेको पोखरी, चिल्ड्रेन पार्क, चिडिया घर र विभिन्न आकृति खोपिएका ढुंगाका मूर्तिहरूले तालतलैयामा सर्वसाधारणको आकर्षण बढेको बताइएको छ ।

जलाधार संरक्षणका लागि गाउँपालिकाको पोखरी निर्माण अभियान

गुल्मी : जलाधार संरक्षण गर्नका लागि जिल्लाको कालीगण्डकी गाउँपालिका गुल्मीले एक गाउँ एक पोखरी निर्माणको अभियान चलाएको छ।  पानीका मुहान सुक्दै जाने र पशुपन्छीका लागि सहज रुपमा पानीको व्यवस्था होस भन्नाका लागि यसरी अभियान संचालन गरिएको गाउँपालिकाका प्रमुख बेदबहादुर थापाले जानकारी दिए। समुदायमा रहेका...

चौतारी, पोखरी र वर, पीपल संरक्षण गर्दै जैमिनी नगरपालिका

बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले पौराणिक पोखरी र वर, पीपल संरक्षण अभियान थाल्ने भएको छ । पानीका मुहान तथा वातावरणका लागि चौतारी, पोखरी र वर, पीपलको महत्वपूर्ण भूमिका हुने जनाउँदै नगरले अभियान थाल्ने भएको हो ।

प्रकृतिको सन्तुलनका लागि कृत्रिम पोखरी निर्माण

सुक्खा क्षेत्रमा पोखरी निर्माण गर्दा वर्षामा परेको पानी सङ्कलन हुने र त्यसबाट पुनर्भरण (रिचार्ज) भई पानीका मुहान संरक्षण हुने विश्वासका साथ कृत्रिम पोखरी निर्माण गर्ने गरिन्छ। रामेछाप जिल्लाका केही स्थानीय तहले विभिन्न गैरसरकारी संस्थासँग मिलेर पोखरी निर्माण गर्न सुरु गरेका थिए तर यो अभियानले निरन्तरता पाउन सकेको थिएन।