सांसदहरूको माग : भिजिट भिसामा कडाइ गरौँ

भिजिट भिसामा विकृति र विसङ्गति बढिरहेको भन्दै भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरूले बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरूले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीहरूले दुःख पाउने गरेको भन्दै सांसदहरूले भिजिट भिसामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।बैठकमा बोल्दै सांसद रामेश्वर राय यादवले भिजिट भिसाको नाममा विदेश जानेहरूले कानुनी व्यवस्थापन राम्रो नहुँदा दुःख पाउने गरेको