पश्चिमी वायु सक्रिय हुँदा आज र भोलि पानी पर्ने

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज र भोलि पानी पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज दिउँसो सुदूरपश्चिमका भूभागबाट पानी पर्न शुरू हुनेछ। यो वर्ष हिउँदमा हालसम्म पानी पर्न सकेको छैन। माघको तेस्रो सातामा आइपुग्दा पश्चिमी वायु देशको पश्चिमी भू-भागबाट प्रवेश गरेको हो। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहे

सम्बन्धित सामग्री

ट्रेकिङमा नजान मौसमविद्को आग्रह, हिमपातसँगै जाडो सुरु भएको हो ?

काठमाडौं । मौसम खुल्न अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेका कारण भइरहेको वर्षा रोकिन समय लाग्ने भएको हो । आज र भोलि पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । भारी वर्षा र...

स्थानीय र पश्चिमी वायु सक्रिय : आज र भोलि असिना पानीको सम्भावना

काठमाण्डाै - देशका पहाडी केही ठाउँ र तराईका थोरै ठाउँमा आज पनि हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पूर्व, कर्णाली तथा सुदूरपश्चिममा मौसम सामान्य बद्ली भएको छ । गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा पनि मौसम आंशिक बद्ली भएको छ । प्रि-मनसुनको गतिविधि सक्रिय रहेकाले आज पनि देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्लीकै अवस्था रहने महाशाखाले जनाएको छ । आजदेखि पश्चिमी वायु पनि भित्रिएको छ । स्थानीय र पश्चिमी गरी दुई वटा प्रणाली स...