बागमती प्रदेशसभा बैठक फागुन १६ मा बस्ने

हेटौंडा– बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ। बुधबार सभामुख सानुकुमार श्रेष्ठले सर्वदलीय बैठक आह्वान गरेका थिए। उक्त बैठकले प्रदेशसभा बैठक १६ फागुनमा राख्ने सहमति गरेको हो। प्रदेशसभा बैठक बस्नुअघि फागुन १५ गते दिउँसो १ बजे पुनः सर्वदलीय बैठक राख्ने र १६ गते दिउँसो १ बजे संसद् बैठक बस्ने दलहरूबीच सहमति भएको […]

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा बैठक सुरु

काठमाडौँ- बागमती प्रदेशसभा बैठक सुरु भएको छ । आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बैठक अपराह्न १ बजेदेखि सुरु भएको हो । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले आजको बैठकमा यसअघि बसेको प्रदेशसभामा सांसदहरुले शून्य समय र विशेष समयमा उठाएका प्रश्नको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जवाफ दिने कार्यसूची रहेको बताए । उनले आजको […]

बागमती प्रदेशसभा बैठक पुस १८ गते बस्ने

काठमाडौं, १४ पुष । बागमती प्रदेशसभा बैठक पुस १८ गते बस्ने भएको छ । गत मंसिर ४  गते सम्पन्न निर्वाचनबाट गठित प्रदेशसभाको पहिलो बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको हो । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको ११ औं अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका […]

बागमती प्रदेशसभा बैठक साउन ५ गते बस्ने

बागमती प्रदेशसभा बैठक साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले साउन ५ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रदेशसभा बैठक गत असार २९ गते ५ वटा अध्यादेश पास गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।संसद् चल्न नसकेको अवस्थामा सरकार संचालन र दैनिक काम कारवाहीका लागि ल्याइएको विभिन्न ५ अध्यादेश स्वीकृत गरेर अनिश्चित कालका लागि स्थगित गरिएको बैठक पुनः साउन ५ गतेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।उक्त बैठकमा सरकारले ल्याए

बागमती प्रदेशसभा बैठक आज बस्दै

८ चैत, मकवानपुर । बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ । बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, […]

बागमती प्रदेशसभा बैठक फागुन २९ गते बस्ने

बागमती प्रदेशसभा बैठक फागुन २९ गतेका लागि आह्वान गरिएको छ । करिव साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको हो । प्रदेशसभा सचिवालयले बुधबार दिउँसो एक सूचना जारी गर्दै फागुन २९ गतेका लागि बैठक आह्वान गरेको हो । बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित भएको जनाएको थियो । सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधका कारण गत पुस ८ गतेदेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन । गत फ

बागमती प्रदेशसभा बैठक फागुन १६ गते बस्ने

गत पुस ८ गते स्थगित बागमती प्रदेशसभा बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बुधवार आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक फागुन १६ गते राख्ने विषयमा दलहरूबीच सहमति भएको हो । प्रदेशसभा बैठक पुस ८ गतेयता बसेको छैन । विपक्षी दल नेकपा एमालेको अवरोधका कारण सत्तापक्षले बैठक आह्वान गर्न सकेको थिएन । सभामुख सानुकुमार श्रेष्ठले बोलाएको सर्वदलीय बैठकमा फागुन १५ गते पुनः सर्वदलीय बैठक बस्ने र फागुन १६ गते प्रदेशसभा बैठक बोलाउने विषयमा दलहरूबीच सहमति भएको छ । बुधवार बसेको सर्वदलीय ब...

बागमती प्रदेशसभा बैठक बिहीबार बस्ने

हेटौंडा : बागमती प्रदेशसभा बैठक जेठ १७ बिहीबार बस्ने भएको छ। असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेर स्थगित भएको प्रदेशसभा बैठक १७ गते बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको हो। प्रदेशसभाका उपसचिव विनोद अमात्यले बुधबार बस्ने कार्यव्यवस्था परामर्श समितिले बैठकको कार्यसूची तय गर्ने जानकारी दिए।संसदमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट प्रस्तुत गरेको हुँदा बजेटमाथि छलफल हुने उनको भनाइ छ। बजेट सार्वजनिक गरेको दुई सातासम्म पनि संसद बैठक बोलाउन नसकेको भन्दै

बागमती प्रदेशसभा बैठक १७ गते बस्ने

बागमती प्रदेशसभा बैठक आगामी असार १७ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले असार १७ गते ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।उक्त बैठकमा प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य माथि छलफल हुने जनाइएको छ ।गत असार १ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे लगत्तै स्थगित भएको प्रदेश सभा बैठक हाल सम्म पनि बस्न सकेको थिएन ।प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि पू

बागमती प्रदेशसभा बैठक बैशाख २ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभा बैठक आगामी वर्ष २०७८ वैशाख २ गते बस्ने भएको छ । बागमती प्रदेशसभा सचिवालय सचिव कृष्णहरि खड्काले वैशाख २ गते १ बजेका लागि बैठक आह्वान गरीएको जानकारी दिए ।प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको निर्देशन अनुसार बैठक आह्वान गरीएको सचिव खड्काले बताए । २ गते बस्ने प्रदेशसभा बैठकमा यसअघि कार्यव्यवस्था परामर्श समितिले तयार गरेको एजेण्डा प्रस्तुत गरिने उनले बताए ।बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको अवरोधका कारण यसअघिका प्रदेशसभा बैठकहरू अवरुद्ध हुँदै आएक

चैत २४ मा बागमती प्रदेशसभा बैठक बस्ने

हेटौंडा । बागमती प्रदेशसभा बैठक चैत २४ गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै चैत २४ गते मंगलबारका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । प्रदेशसभा बैठक बस्नुअघि चैत २४ गते ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र उक्त बैठकले प्रदेशसभामा पेश हुने विषयका बारेमा निर्णय गर्ने उनले बताए ।गत पुस १० गते तत्कालीन नेकपाका ४५ जना सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री डोरम