प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्ने

काठमाडौँ– प्रनिनिधि सभाको बैठक फागुन १८ गते बस्ने भएको छ। आइतबार दुईवटा बैठक बसेको थियो। दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो। सभामुख अग्नीप्रसाद सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बस्ने जानकारी दिएका हुन्।