हुन्डी कारोबारलाई रोक्न विशेष ध्यानदिँदै रेमिट्यान्सको पैसा राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्छ : अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट कार्यान्वयनमा प्रश्न उठेको भन्दै हरेक क्षेत्रले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो । उहाँले आर्थिक अस्थिरताबाट स्थिरतातर्फ लाने र मुलुक तथा नागरिकको आवश्यकताका आधारमा बजेट निमार्ण भएकाले यसको कार्यान्वयमा सबैले एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो । विप्रेषण वैधानिक प्रणालीमार्फत भित्र्याउन सरकार लागिपरेको सन्दर्भ जोड्दै उहाँले अवैधानिक गतिविधिलाई नियन्त्रण गर्न आइएमई […]