पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बैठक बस्दै

काठमाण्डाै - पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज बस्दैछ । आजको बैठकमा अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने तालिका रहेको छ । सुरुमा समितिको बैठक बसेर मन्त्रालयबाट आएको कागजात तथा विवरणको अध्ययन गर्ने र १२ बजे अर्थसचिव र राजस्व सचिवसँग छलफल गर्ने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण नआएकाले हिजोको बैठकमा एजेन्डामा छलफल हुन सकेको थिएन । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बज...