मौन अवधिभर नाइट क्लबमा पनि मदिरा बिक्री–वितरण निषेध

स्थानीय तह निर्वाचनको मौन अवधी शुरु भएसँगै स्थानिय प्रशासनले मदिरा बेच्न रोक लगाएको छ । वैशाख २७ को मध्यरातबाट मदिरा बिक्री वितरण तथा सेवन नगर्न काठमाडौं जिल्ला प्रशासनसहित अधिकांश जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेका छन् ।मौन अवधिमा काठमाडौं उपत्यकाका नाइट क्लवहरु बन्द हुँदैनन् । क्लब खुल्ने भएपनि मदिरा बेच्न र सेवन गर्न जिल्ला प्रशासन कार्यालयले निषेध गरेको छ । मौन अवधिमा रात्रि क्लबहरूमा मदिरा बेच्न र सेवन गर्न रोक लगाइएको काठमाडौंको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । रा