प्रचण्ड र बाबुराम भट्टराईबीच एक घण्टा छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेता डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच एक घण्टा छलफल भएको हो। जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि भट्टराई पार्टी पुनर्गठनको तयारीमा छन्।भट्टराईसँग प्रचण्डको संवाद बाक्लिँदै गएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्डले पूर्वमाओवादीहरु  एक ठाउँमा आउनुपर्ने बताउँदै आएकाले पनि भेटलाई महत्वका साथ हेरिएको हो