भारतमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था गराउन प्रचण्डसमक्ष माग

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोटा कानुनको विषयमा भारत सरकारसँग छलफल गर्ने बताएका छन्। भारत भ्रमणको क्रममा उनले नेपाली क्रान्तिमा प्रवासी नेपालीको भूमिका उच्च रहेकोे बताउँदै पोटा कानुन लगायतका विषयमा भारत सरकारसँग कुरा गर्ने बताएकाे प्रचण्डका स्वकीय रमेश मल्लले बताए। उनका अनुसार नेपाली दूतावासमा राजदूत शंकर शर्मासँगको भेटवार्तापछि प्रतिनिधिले अखिल भारत नेपाली एकता मञ्चलाई लगाएको पोटा कानुन खारेज गर्नुपर्ने विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्थ

सम्बन्धित सामग्री

‘गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन पहल भइरहेको छ’

पर्वत । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउनेलगायत माग सम्बोधन गर्न सरकारसँग पहल भइरहेको बताएका छन् । पर्वतको कुश्मामा सोमवार सामाजिक संघ संस्थाका प्रतिनिधिसँग उनले यस्तो बताएका हुन् । आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र अनलाइन डलर एकाउण्टबाट देशमा सहज रूपमा रकम पठाउन मिल्ने व्यवस्थाका लागि नेपाल सरकारसँग पहल भइरहेको बताए । गैरआवासीय नेपालीलाई नागरिकता दिलाउने विषयमा सरकारसँग निरन्तर पहल भइरहेको उनको भनाइ थियो । आचार्यले भने, ‘नागरिकताको विषय संसदमा दुई पटकसम्म पुगिसकेको छ, अब सरकारले यो विषय टुंग्याउने आशा छ ।’ उनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न पनि पहल भइरहेको बताए । सामाजिक सुरक्षा कोष स्थापना गर्न सबै तयारी पूरा भएको उनको भनाइ छ । उनले अनलाइन डलर एकाउण्ट बनाएर अनलाइनमार्फत देशमा रकम पठाउने र चाहेको बेला झिक्न मिल्ने व्यवस्था गराउने विषय एनआरएनको प्राथमिकतामा रहेको उल्लेख गरे । यस्तो व्यवस्थाले पूँजी चलायमान हुने, हुण्डीलगायत गैरकानूनी कारोबार रोकिने उनको विश्वास छ । आफ्नो जन्मथलो पर्वतमा पर्यटनको विकास, शिक्षामा सुधार, स्वास्थ्यका पूर्वाधार थप, धार्मिक क्षेत्रको प्रचारप्रसारमा गैरआवासीय नेपाली संघका तर्फबाट आवश्यक पहल गरिरहेको आचार्यले बताए । कुश्मामा पछिल्लो समय बढेको पर्यटकीय आकर्षणलाई दिगो बनाउन गैरआवासीय नेपालीहरूले पाँचतारे होटल सञ्चालन गर्ने योजना बनाएको उनको भनाइ छ ।

गैरआवासीय नेपालीको लगानीमा सहजीकरण

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न सहज हुने गरी औद्योगिक व्यवसाय ऐन २०७६ को व्यवस्था संशोधन गरेको छ । लगानी (इन्भेस्टमेन्ट) कम्पनीले नै लगानीकर्ताको नामबाट लगानी स्वीकृत गराउन सक्नेसहितका प्रावधान राख्दै त्यस्तो लगानीको सीमासमेत तोकेको छ । गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न इच्छुक रहेको, त्यसका लागि कानूनी र प्रक्रियागत सुधार गर्नुपर्ने माग राख्दै आएका थिए । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा ‘उत्पादनमूलक एवं निर्यातमूलक उद्योगमा वैदेशिक लगानी आकर्षित गर्न र लगानी भित्र्याउन वैदेशिक लगानीसम्बन्धी कानून र प्रक्रियामा सुधार गरिने’ उल्लेख गरेको थियो । बजेटको व्यवस्था र गैरआवासीय नेपालीको लगानी आकर्षित एवं प्रवर्द्धन गर्न कम्पनी स्थापनाका शर्तहरू संशोधन गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले जानकारी दिए । उनका अनुसार साविकको शर्तमा यस्तो कम्पनीको अनुगमन तथा लगानीकर्ताको लगानीलाई अनुगमन गर्ने विषय स्पष्ट थिएन । ‘अब भने कम्पनीबाट आएको लगानीको अनुगमन उद्योग विभागले गर्ने व्यवस्था किटान गरिएको छ,’ गौतमले भने । साविकको व्यवस्थामा इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेपछि लगानीकर्ता स्वयं आएर उद्योग दर्तादेखि अन्य प्रक्रिया पूरा गर्नुपथ्र्यो । संशोधनपछि भने लगानीकर्ता उपस्थित नभए पनि विदेशी लगानी स्वीकृत हुने भएको छ । नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना हुने ‘इन्भेस्टमेन्ट कम्पनी’मा लगानी गर्नेहरूको कागजातसहित कम्पनीले नै लगानीकर्ताको नामबाट विदेशी लगानी स्वीकृत गराउन सक्नेछ । अन्य इन्भेस्टमेन्ट कम्पनीको हकमा भने यस्तो विदेशी लगानीको स्वीकृति उद्योग दर्ता गर्ने निकायबाट लिनुपर्ने प्रावधान राखिएको छ । विदेशी लगानी भित्र्याउँदा र बाहिर लैजाँदा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली र नेपाल राष्ट्र बैंकको नियम पालना गर्नुपर्ने हुन्छ । तर, नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त कम्पनीको हकमा भने सरकारले छुट्टै निर्णय गर्ने व्यवस्था गरेको छ । यसैगरी गैरआवासीय नेपालीले नेपालमा लगानी भित्र्याउँदा प्रतिपरियोजना १० करोड रुपैयाँभन्दा कम नहुने गरी लगानी गर्न सक्ने सीमा तोकिएको छ । सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना हुनेबाहेकका इन्भेस्टमेन्ट कम्पनीहरूको न्यूनतम लगानी १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले यस्ता कम्पनीलाई नेपालमा शेयर पूँजीका रूपमा मात्रै लगानी गर्न पाउने र ऋण, ऋण सुविधा, बोन्ड र डिबेन्चरमार्फत लगानी गर्न नपाउने व्यवस्था मिलाएको छ । सरकारसँगको संयुक्त लगानीका कम्पनीहरूले भने पूर्वाधारसम्बन्धी परियोजनाको बोन्ड र डिबेन्चरमा लगानी गर्न पाउने छन् ।

गैरआवासीय नेपालीलाई आर्थिक अधिकारसहितको नागरिकता उपलब्ध गराउन सङ्घको माग

काठमाडौँमा दुई दिनसम्म चलेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को वार्षिक साधारणसभा १० बुँदे निष्कर्ष निकाल्दै सम्पन्न भएको छ । साधारणसभाले संविधानमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको नागरिकता उपलब्ध गराउनुपर्ने निष्कर्ष निकालेको छ । संविधानमा व्यवस्था भएको सात वर्ष भइसक्दा पनि आवश्यक कानून नबन्दा गैरआवासीय नेपालीले नागरिकताको उपभोग गर्न नपाएको जनाउँदै सङ्घले सो […]

बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीका नेपालीलाई पिएनओ परिचयपत्र व्यवस्था गर्न माग

काठमाडौँ- नेकपा एमाले सांसद डा. सूर्य पाठकले पिपुल्स अफ नेप्लिज ओरिजन (पिएनओ) लाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राप्त गरेको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बुधबार विशेष समय लिएर संसद्‌मा बोल्दै उनले यस्तो माग गरेका हुन् ।  ‘पिपुल अफ नेप्लिज ओरिजन (पिएनओ) का बारेमा सभामुखमार्फत नेपाल स...

बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीका नेपालीलाई पिएनओ परिचयपत्र व्यवस्था गर्न माग

काठमाडौँ- नेकपा एमाले सांसद डा. सूर्य पाठकले पिपुल्स अफ नेप्लिज ओरिजन (पिएनओ) लाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राप्त गरेको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बुधबार विशेष समय लिएर संसद्‌मा बोल्दै उनले यस्तो माग गरेका हुन् ।  ‘पिपुल अफ नेप्लिज ओरिजन (पिएनओ) का बारेमा सभामुखमार्फत नेपाल स...