एमाले माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नरहेको बुधबार बालुवाटार बसेको बैठकले गरेका निर्णयबाट थप पुष्टि भएको बताएकी छन् । अध्यक्ष ओली र उनी पक्षीय नेताहरूले ओली जेठ २ मा फर्कन तयार रहेको भनेर प्रचारबाजी गरे पनि बुधबार बालुवाटारमा बैठक बसेर नेताहरूलाई थप जिम्मेवारी दिएकाले ओली एकताको पक्षमा नदेखिएको शाक्यको भनाई छ ।‘अध्यक्ष केपी ओली एकता विरोधी छन् भन्ने कुरा बुधबारको निर्णयले स्पष्ट देखाएको छ’, शाक्यले रातोपाटीसँगको प्रतिक्रियामा भन