अफताब आलमलाई थुनामुक्त नगर्न सर्वाेच्चकाे आदेश

काठमाण्डाै –  रौतहटमा भएको बम बिस्फोटका अभियुक्त मोहम्मद अफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।  आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चले आज शुक्रवार आलमकाे रिटमा सुनुवाइ गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध आलम उच्च अदालत जनकपुरको वीरगञ्ज अस्थायी इजलासमा पुगेका थिए । वीरगञ्ज अस्थायी  इजलासले पनि जिल्ला अदा...