काठमाण्डाै - चीनले तीन वर्षमाथिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ ।
चीनको स्वास्थ्य विभागले चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकालाई पनि लगाउन अनुमति दिएको रोयटर्सले जनाएको छ । यो खोप यसअघि १८ वर्ष माथिकालाई मात्र अनुमति प्राप्त थियो ।
तीन वर्षमाथि उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिने चीन पहिलो देश बनेको छ । यस्तै प्रयोगमा आएका कोरोना भाइरसविरुद्धकाे १५ वटा खोपमध्ये सिनोभ्याकको खोपले पहिलोपटक कम उमेरका लागि अनुमति पाएको हो । यो ...