मतदाता नामावलीमा नाम छ? परिचयपत्र नभए पनि यी कागजातबाट गर्न पाइन्छ मतदान

काठमाडौँः निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभएका मतदाताले अन्य परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने निर्णय गरेको छ। आयोगको निर्णय अनुसार अन्तिम नामावलीमा नाम भएमा अन्य परिचयपत्रका आधारमा मत हाल्ने व्यवस्था मिलाउन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो।  आयोगले परिचयपत्र नभएमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी तथा जग्गा धनी…

सम्बन्धित सामग्री

मतदाता परिचय पत्र हरायो ? यी कागजपत्र देखाएर समेत मतदान गर्न पाइन्छ

आज  हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्रबाट समेत मतदान गर्न सक्ने व्यवस्था गरेको हो । यद्यपि उक्त कुनै पनि प्रमाणपत्रको सक्कलप्रति चाहिने आयोगले उल्लेख गरेको छ । मतदाता परिचय पत्र हराएमा माथि उल्लेखित आफ्नो परिचय खुल्ने कागजपत्र बोकेर

भोटर कार्ड छैन ? नआत्तिनुस्, यी कागजात देखाएर पनि भोट हाल्न पाइन्छ

मतदाता परिचय पत्र पाइनसकेका वा हराएकाहरुले मतदान अधिकारबाट बन्चित हुन नपरोस् भनेर फोटो भएको परिचय खुल्ने कागजात भएको खण्डमा भोट हाल्न पाइने छ । निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर भोट हाल्न सकिने जनाएको छ । तर, त्यसको लागि मतदाता नामावलीमा नाम भने भएको हुनुपर्छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र साथमा नभएकाले आफ्नो फोटो टाँसिएको कुनै पनि परिचय खुल्ने प्रमाणपत्रका आधारमा मतदान गर्न सक्ने जनाएका छन् । उनका अनुसार नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र साथमै बोकेर गए भोट हाल्न पाइनेछ । आयोगले पूर्ण असशक्त बाहेक अरुलाई आफ्नो मत अरुलाई हाल्न नदिन पनि भनेको छ । मतदान गर्न मतदान स्थलमा आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न र सबैभन्दा पहिला उनीहरुले मतदान गर्न सक्ने व्यवस्था मिलाउन पनि आयोगका प्रमुख आयुक्त थपलियाले अनुरोध गरेका छन् ।

मतदाता परिचयपत्र छैन? यी कागजातका आधारमा हाल्न पाइन्छ भोट

काठमाडौं : मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातको आधारमा मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने छन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउने जनाइएको छ।आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि न

मतदाता परिचयपत्र हराए भोट हाल्न पाइन्छ ? नयाँ मतदातालाई २८ र २९ गते बाँडिने

काठमाडौं । स्थानीय तह निर्वाचन आउन चार दिन मात्र बाँकी छ । वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । यही वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदानमा भाग लिन पाउनेछन् । आयोगका अनुसार एकै...