सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते निजी घर र सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गर्ने मध्ये पाँच जना पक्राउ परेका छन् । धरानस्थित इलाका प्रहरी कार्यालयले धरानमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको पहिचान गर्ने र नियन्त्रणमा लिने कार्य भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश […]
काठमाडाैं । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य काम नै संसदीय निर्वाचन गराउनु रहेको स्पष्ट पार्नुभएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलका क्रममा बिहीबार गृहमन्त्री अर्यालले निर्वाचन गराउन नसके वर्तमान सरकार असफल हुने उल्लेख गर्दै असफलताको धब्बा नबोक्ने बताउनुभएकाे हाे । निर्वाचनप्रति विभिन्न किसिमका शंका नगर्न पनि उहँले आग्रह गर्नुभयो […]
काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक कार्यालयले चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क लगायतका विभिन्न स्थानमा ट्राफिक कार्यालयले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको हो । चाडपर्वलक्षित नागरिक सहायता कक्षको बिहीबार गोंगबुस्थित नयाँ बसपार्कमा आयोजित एक कार्यक्रमकाबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले उद्घाटन गरे । […]
काठमाडौँ – नेपालीहरूको महान चाड दसैँ नजिकिएसँगै काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा राजधानी छोड्ने सर्वसाधारणको भीड लाग्न थालेको छ। यस वर्ष पहिलेजस्तो