श्री एअरलाइन्सको विमानमा समस्या देखिएपछि उडेको केहीबेरमै आपत्कालीन अवतरण

काठमाण्डाै - नेपालगञ्जबाट काठमाण्डौका लागि उडेको केहीबेरमै इञ्जिनमा समस्या देखिएपछि श्री एअरलाइन्सको विमान फेरि नेपालगञ्जमै अवतरण गराइएको छ । विमान उडेको केहीबेरमा पाइलटले केही समस्या भएको जानकारी गराएपछि विमान नेपालगञ्जमै फर्काइएको श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । ‘विमानमा  झन्डै ८० जना यात्रु थिए, के भएको रहेछ म पनि बुझ्दैछु’ उहाँले भन्नुभयो । बिहान ९ बजेर ४९ मिनेटमा उडेको विमान पाँच मिनेट नपुग्दै फेरि नेपालगञ्ज फर्किएको नेपालगञ्ज विमानस्थल कार्यालयल...

सम्बन्धित सामग्री

भारतको इन्डिगो विमान पाकिस्तानमा आपत्कालीन अवतरण

भारतको इन्डिगो विमानमा प्राविधिक समस्या देखिएपछि पाकिस्तानको कराँची सहरमा आपत्कालीन अवतरण गरिएको छ । सो विमान यूएईको शारजाहदेखि हैदरावाद आइरहेको थियो ।समाचार एजेन्सी एएनआईका अनुसार कराँची विमानस्थलमा विमानको जाँच भइरहेको छ । इन्डिगोले कराँचीमा दोस्रो विमान पठाउने तयारी गरिरहेको छ । पछिल्लो दुई हप्तामा कुनै भारतीय विमान समस्या आएर कराँचीमा ल्यान्डिङ गर्नुपरेको यो दोस्रो अवसर हो ।यसअघि पाँच जुलाईमा स्पाइस जेटको विमानमा समस्या देखिएपछि कराँचीमा आपत्कालीन अवतरण गरिएको थियो । सो विमान नयाँ दिल्लीबाट

नेयमार सवार विमान आपत्कालीन अवतरण

पेरिस सेन्ट जर्मेनका स्टार नेयमार सवार निजी विमान ब्राजिलमा आपत्कालीन अवतरण गर्न बाध्य बनेको छ ।  यद्यपि नेयमार भने सकूशल रहेका छन् । छुट्टी मनाएर फर्किने क्रममा प्राविधिक समस्या देखिएपछि विमानलाई आपत्कालीन अवतरण गराइएको गोल डटकमले जानकारी दिएको छ ।मिडिया रिपोर्टका अनुसार विमान बारबाडोसबाट साउपाउलो जाने क्रममा विमानको विन्डसिल्डमा समस्या देखिएको छ । जसले गर्दा विमानलाई भेनेजुएलासँगको सीमा नजिकै रहेको बोआ भिस्टामा अवतरण गर्नुपरेको थियो । विमानमा देखिएको समस्या ठीक गर्न दुई घण्टा समय लागेको थ