त्रुटि नसच्याई जनगणनाको प्रतिवेदन सार्वजनिक गरिए कडा आन्दोलन गर्छौं : यायोक्खा

काठमाडौँ : किरात राई यायोक्खा र यसका भ्रातृ संगठनहरूले जनगणनामा भएको त्रुटि सच्याएर मात्रै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। यायोक्खा र जातिगत संस्थाहरूले सोमबार राष्ट्रिय तथ्यांक कार्यालयमै गएर सच्याउन ध्यानाकर्षण गराएका हुन्।उनीहरूले ‘किरात राई जातिको इतिहास, संस्कृति र भाषाको अध्ययन गरी सही तथ्यांक सार्वजनिक गर’ लगायत प्लाकार्ड लिएर तथ्यांक कार्यालयमा धर्नासमेत दिएका थिए। यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले सुझावसह