भलबाढीको जोखिममा खोटाङ खानेपानी आयोजनाको पाइपलाइन

खोटाङ - खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको पाइप जोखिम आकलन नगरि खोलामा बिछ्याइएको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिकामा दूधकाेसीको पानी निकाल्नका लागि सुरु गरिएको पम्पिङ खानेपानी आयोजनाको पाइपलाई निर्माण कम्पनीले भलबाढीबाट क्षति पुग्नसक्ने खतरालाई आकलन नगरि खोलामा राखेको पाइएको हो । निर्माण कम्पनी दिवा–महादेव खिम्तीले हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा रहेकाे महादेवबेसीबाट दूधकाेसीको पानी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा न...