वीरगञ्ज र जनकपुरमा मतगणना सुरू गर्ने तयारी, ७० स्थानमा गणना जारी

पर्साको वीरगञ्ज महानगरपालिका र धनुषाको जनकपुर उपमहानगरपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहेको छ। वीरगञ्ज र जनकपुर दुवै ठाउँमा अहिले सर्वदलीय बैठक सुरु भएको छ। त्यस्तै बाराको कलैया र जितपुर सिमरा उपमहानगरपालिकामा पनि केहीबेरमा मतगणना सुरु गर्ने तयारी भैरहेको छ। प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार मतदान भएको थियो। निर्वाचन आयोगका…