कृषिक्षेत्रको विकासमा कृषि कर्जाको योगदान

बैंक तथा वित्तीय संस्थाहरूले कृषि कर्जा त्रासभन्दा भरोसाको केन्द्र हो भन्ने मनोभावनाका साथ लगानी वृद्धितर्फ थप जोड दिन ढिला भइसकेको देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कृषियोग्य जमिन हेर्दा कुल भूभागको करिब २१ प्रतिशत अर्थात् ३ हजार ९१ हेक्टर देखिन्छ । सरकारले कृषिक्षेत्रको विकासका लागि सयौं नीति तथा कार्यक्रम ल्याएको छ । […]