राप्रपा अध्यक्षको प्रश्न–संविधानको आशय अस्थिरता र अपवित्र गठबन्धन हो?

काठमाडौं।राप्रपाका अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५) निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर राख्न नहुने बताएका छन्।उनले विद्यमान चुनाव प्रणालीअनुसार एउटै दलले पूर्ण बहुमत पाउने सम्भावना कम भएको उल्लेख गरेका छन्।“संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस,पार्टी विभाजन,अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ। के संविधानको आशय त्यही हो?’ थापाको प्रश्न छ।

सम्बन्धित सामग्री

कमल थापाको प्रतिक्रिया : दुष्परिणाम आजैबाट देखिन शुरु भयो

राप्रपा अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५)को व्याख्याको दुष्परिणाम आजैबाट देखिन शुरु भएको प्रतिक्रिया दिएका छन् । चुनावबाट सबैभन्दा ठुलो र चौथो ठुलो भएका दलहरू विभाजित भएको उल्लेख गर्दै थापाले अदालतको फैसलाकै कारण परस्पर विरोधी एजेण्डा बोकेर जनतामा गएकाहरु सत्ता स्वार्थका निम्ति एक ठाउँमा उभिने बाटो खुलेको बताएका छन् । ‘विगतको अस्थिरता नदोहोरियोस् भन्ने संविधानको असल मनसाय हो। पार्टी फुटाएर, सांसद किनबेच गरेर, फरक विचार बोकेका दलहरूको अपवित्र भएपनि गठबन्धन बनाउ भन्ने संविधा

‘धारा ७६ (५)लाई निर्दलीय आधारमा प्रयोग गर्न दिइनु हुँदैन’

राप्रपा अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम हुन नहुने जिकिर गरेका छन् । यदि धारा ७६(५) लाई निर्दलीय आधारमा प्रयोग गर्न पाइने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस,पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुने उनको जिकिर छ । के संविधानको आशय त्यही हो त भन्दै उनले प्रश्न समेत गरेका छन् । उनले हालको अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव भएको भन्दै उनले प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलि...