कञ्चनपुरको शुक्लाफाँटामा राजमोको प्रशिक्षण

पुष्कर भट्ट, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा राष्ट्रिय जनमोर्चाको नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार शुक्लाफाँटा नगर अध्यक्ष टुङे बोहराको अध्यक्षतामा सो भेला सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रामबहादुर कार्कीले कम्युनिष्ट इतिहासबारे तथा अखिल (छैठौं) का महासचिव महेशराज जोशीले द्वन्द्वात्मक भौतिकवाद बारेमा प्रशिक्षण दिनु भएको थियो । राजमो नेता विष्णु पन्त लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नगर सदस्य मानबहादुर पुजारा र स्वागत नगर उपाध्यक्ष जगदिश रोकायाले गर्नुभएको थियो ।