भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् ।डबल राउण्ड रोबिनको आधारमा हुने उक्त च्याम्पियनसिपको उद्घाटन खेल चैत १ गते नेपाल र भारतबीच हुनेछ । त्यसैगरी नेपालले दोस्रो खेल बङ्गलादेशसँग चैत ४ गते खेल्नेछ । नेपालले चैत ७ गते फेरि भारतसँग तथा चैत ९ गते बङ्गलादेशसँ
मैत्रीपूर्ण फुटबलमा नेपाली महिला फुटबल टोलीले बङ्गलादेशको सामना गर्दैछ । नेपाली महिला फुटबल टोली हाल एएफसी फुटबल एशिया कप २०२२ को छनोटको तयारी स्वरुप बङ्गलादेश विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।
नेपाल र बङ्गलादेशबीचको खेल साँझ पाँच बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सुरु हुँदैछ । दुबै राष्ट्रले खेल प्रतिस्पर्धी हुने जनाएको छ । बङ्गलादेशको फुटबल टोलिका प्रशिक्षक चोटोनले टोलिका अधिकांश सदस्य १६ देखि १८ वर्ष उमेर समूहको रहेको र एक अर्कासँग राम्ररी घुलमिल गर्ने भएकोले एएफसी प्रतियोगिताको तयारीका लागि उपयुक्त हुने बताउनुभयो । उहाँले नेपाल अत्यन्तै सशक्त टोली रहेकोले खेल स्पर्धात्मक हुने अपेक्षा गरेको बताउनुभयो ।