प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले ३ लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म भएको मतगणनामा एमालेले समानुपातिकतर्फ ३ लाख एक हजार ५९८ मत प्राप्त गरेको हो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख ८० हजार २७२ मत प्राप्त गरेको छ ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी एक लाख ५१ हजार ५९ मतसहित तेस्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले एक लाख ३६ हजार ५९८ मत प्राप्त गरेको छ । यसैगरी पाँचौं स्थानमा रहेको राप्रपाले ७९ हजार ९२८ मत प्राप्त गरेको छ ।