काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकिँदै छ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको परीक्षा आगामी चैत १७ गतेदेखि चैत २९ गतेसम्म हुने तालिका सार्वजनिक गरेको छ।परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा तालिकाअनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। त्यसो त यतिखेर विद्यार्थीहरू एसइई परीक्षाको तयारीमा छन्।विद्यालय र शिक्षकहरूले पनि कक्षा समयभन्दा पनि अन्य समय दिएर परीक्षा