युरोपमा कोरोना संक्रमण बढ्दो

एजेन्सी। पछिल्लो केही समययता युरोपका देशहरूमा कोरोना संक्रमण बढिरहेको छ। कतिपयले भने युरो कप भइरहँदा स्वास्थ्यका मापदण्ड नअपनाएकाले संक्रमण फैलिएको बताएका छन्। ११ देशमा युरो कप खेल भइरहेकै बेला युरोपका विभिन्न देशहरुमा पछिल्लो साता यता ४३ प्रतिशतले कोरोना संक्रमण बढेको छ। बेलायतमा मात्रै दैनिक २७ हजार हाराहारीमा संक्रमित पुष्टि भइरहेका छन्।