फेवाताल किनारमा सय वर्ष यताका आधुनिक गीत

पोखरा :  घाम अस्ताइसकेपछि पोखरा अलि चिसो भएको छ। हिमाल छोएर आएको हावा फेवाताल हुँदै बराही घाट हुँदै बहेको छ। जहाँ पुराना आधुनिक नेपाली गीत गाइँदै छ र सुन्नेहरू गीत मात्र होइन नेपाली आधुनिक गीतको पछिल्लो सय वर्षको इतिहास पनि सुनिरहेका छन्। पोखरामा जारी दशौँ लिट्रेचर फेस्टिभलको दशौँ संस्करणको दोस्रो साँझ शुक्रबार वि.सं. १९६५ देखिका गीतहरू गाइयो। आधुनिक संगीतको सय वर्ष शिर्षकको उक्त सेसनमा कुन्ती मोक्तान, लोचन भट्टराई, शिलाबहादुर मोक्तान लगायतका कलाकारले प्रत्यक्ष वाद्यवादनसहित प्रस्