होन्डाले स्वचालित ईभी र लजिस्टिक रोबोटको परीक्षण गर्ने

जापानको विश्वविख्यात मोटर कम्पनी होन्डाले यही फेब्रुअरीको मध्यमा स्वचालित विद्युतीय गाडी (इभी) र लजिस्टिक रोबोटको प्रदर्शनी परीक्षण गर्ने बताएको छ। पूर्वी जापानको इबाराकी प्रान्तमा गरिने परीक्षणमा सिकोमा नामक चार सिटको इभीले २० किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्नेछ । यसले जोसो शहरको “मिची नो एकी” का बासिन्दालाई सडक छेउको विश्राम स्टेशन र ८५० मिटर टाढा रहेको …