राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि श्रीलंकामा संकटकाल घोषणा

श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बनेपछि संकटकाल घोषणा गरिएको छ । श्रीलंकामा आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएको छ । प्रदर्शनकारीले राष्ट्रपति गोटबाया राजपाक्षेको निवास बाहिर कर्फ्यु तोडेर प्रदर्शन गरेपछि संकटकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रु ग्यास प्रहार गरेको छ । त्यस क्रममा झडपसमेत भएको छ । विरोध प्रदर्शनपछि राजधानी कोलम्बोमा प्रहरीकाे उपस्थिति बढाइएको छ । प्रहरीले ५४ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । स्थिति...

सम्बन्धित सामग्री

पेरुमा प्रदर्शनले उग्ररुप लिएपछि देशव्यापी संकटकाल घोषणा

काठमाडौं :  दक्षिण अमेरिकी देश पेरुमा एक हप्तादेखि जारी विरोध प्रदर्शनकाबीच राष्ट्रव्यापी रुपमा संकटकाल घोषणा गरिएको छ। पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोलाई हिरासतमा लिएपछि एक हप्तादेखि विरोध प्रदर्शन भइरहेको छ भने राजनीतिक अस्थिरता बढेको छ। पेरुका रुक्षामन्त्री अल्बर्टो ओटारोलाले एक महिनाका लागि संकटकाल घोषणा गरेका हुन्। संकटकाल घोषणासँगै नागरिकका अधिकांश मौलिक हक निलम्बन भएका छन्। पछिल्लो पटक अदालतले क्यास्टिलोमाथि छानबिन गर्न ४८ घण्टाको समय थप गरेपछि विरोध प्रदर्शन उग्र बनेको