काठमाण्डाै – सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बल्ल एक मन्त्री थप्न लाग्नुभएको छ । सत्ता गठबन्धनको हिजो बसेको बैठकमा परराष्ट्रमन्त्री कांग्रेसलाई दिने सहमति भएपछि सकेसम्म आज, नभए भोलि परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभाको ७६ औँ महासभामा प्रतिनिधि पठाउन तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्ने बाध्यता सरकारलाई छ । त्यसकै लागि प्रधानमन्त्री देउ...