काठमाडौँ, ११ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारबाट भए गरेका कामको व्यवस्थित ढङ्गले प्रचारप्रसार तथा नागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको भएको बताएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित संवैधानिक निकाय, सङ्घीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीबीचको अन्तरक्रियाको उद्घाट्नमा उनले सूचनाको विषयलाई गम्भीररुपमा लिन, सरकारबाट भएका काम […]