किसानलाई समयमा मल उपलब्ध गराउन नेता पौडेल आग्रह

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले किसानलाई समयमा मल उपलब्ध गराउन आग्रह गरेका छन् । बुधबार राष्ट्रिय धान दिवसको अवसरमा कृषिमन्त्री महेन्द्र राय यादवलाई भेट्न सिंहदरबार गएका नेता पौडेलले किसानलाई समयमा मल उपलब्ध गराउन आग्रह गरेका हुन् ।उनले कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था गर्न मन्त्री यादवसमक्ष आग्रह गरे । किसानको मुख्य समस्या मल रहेकाले सरकारको  ध्यानाकर्षण गराउन सिंहदरबार गएको उनले बताए । उनले किसानले सहजै मलखाद नपाउनु दुःखद भएको बताए ।  त्यस अवसरमा मन्त्री यादवले असार म