पोखरामा ३९ वर्षपछि खेलकुदको 'महाकुम्भ'

पोखरा - नेपालमा २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकीमा हुने तय भएको ३ वर्ष बढी भएको थियो । २०७६ बैशाख ११ नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुदको समापनको दिन नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने तय भएको थियो। सोही समयमा नै २०७७ फागुन २१ देखि २८ सम्म प्रतियोगिता आयोजन गर्ने मिति नै तोकिएको थियो ।...